महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा उपस्थित
असार,१९ काठमाण्डौ । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकालले विरोध जनाउनुभएको छ ।
बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाउनुभएको हो । उहाँले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाउनुभएको छ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाउनुभएको प्रतिवेदनमाथि छलफल हुनेछ ।