Yeti Khabar

२०८१ मंसिर १८, मंगलवार - Tue Dec, 2024 -

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । उक्त जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको बताईएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्।

मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ। बुधबार बिहान ११ः १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो।

३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्‍याएको छ। उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका १८ जनाको पहिचान खुलेको छ। जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेका थिए।

जहाजका को–पाइलट एस कटुवालको भने घटना स्थलमै मृत्यु भएको छ।

अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेडा यमनी नागरिक हुन्। प्रिजा खतिवडा पनि उक्त जहाजमा सवार थिइन्।

सौर्यको ९ एन–एएमई–सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः १५ मिनेटमा दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। पोस्टमर्टम गरेपछि शव परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी छ। जहाज दुर्घटना स्थल निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत पुगेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा बुधबारदेखि एक महिना राखेर जहाजको नियमित परीक्षण गर्न सौर्य एयरलाइन्सले निवेदन दिएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन्।

‘हामीले बाइक, गाडीको रेगुलर सर्भिसिङ गर्छौं नि, त्यस्तै सौर्य एयरको जहाज पनि रूटिन चेकअपका लागि आजदेखि एक महिना पोखरा एयरपोर्टको ह्याङ्गरमा राख्न निवेदन दिएको थियो,’ उनले सेतोपाटीलाई भनिन्। उनकाअनुसार जहाजको प्राविधिक परीक्षणका लागि ह्याङ्गरमा राख्ने गरिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर सुविधा उपलब्ध छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्य एयरको ९ एन–एएमईरसीआरजे २०० कलसाइन जहाज बुधबार बिहान ११ः११ मा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जहाज रनवे ०२ बाट पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो। जहाजमा २ जना चालक दलसहित १९ जना थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com