Yeti Khabar

२०८१ चैत्र २३, शनिबार - Sat Apr, 2025 -

गर्मीका कारण पाकिस्तानमा विद्यालय बन्द

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा एक लाखभन्दा धेरै विद्यालय बन्द भएका छन् । गर्मी बढिरहेकाले  विद्यालयहरूको गृष्मकालीन बिदा दुई हप्तासम्म लम्बिने भएको हो । पाकिस्तानको केही क्षेत्रमा ५० डिग्रीभन्दा धेरै तापक्रम पुगेकाले सिन्ध प्रान्तका केही क्षेत्रमा विद्यालयहरुले १ महिना अघिदेखि  बिदा दिन थालेका थिए ।

जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । त्यहाँ धेरै पटक तातो लहर ‘लु’ चल्ने भएकाले बालबालिका जोखिममा रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सिन्ध प्रान्तका विद्यालय गर्मीका कारण प्रभावित भएका छन् ।

विद्युत् आपूर्ति सङ्कटका कारण १२ घन्टासम्म लोडसेडिङ हुँदा पनि गर्मी धेरै खेप्नु पर्ने स्थानीयले बताएका छन् । गर्मीका कारण विद्यालय बन्द हुनुपर्ने र लोडसेडिङका कारण बालबालिकाले पढ्न नपाउने भएकाले विद्यार्थीको पढाइबारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com