Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

वायु प्रदूषणले मौरीलाई फूल खोज्न कठिन बनाएको बेलायती अध्ययनको निष्कर्ष

वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार र सुगन्धमा ठूलो परिवर्तन ल्याउने हुँदा यसले मौरीहरू घटाएको पत्ता लगाएको छ ।

अध्ययनअनुसार यसबाट मौरीहरूको केही मिटरको दूरीबाट गन्ध पत्ता लगाउने क्षमता ९० प्रतिशतसम्म कम भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । सामान्यतया गाडी र औद्योगिक क्षेत्रबाट निस्किएका नाइट्रोजन अक्साइड सूर्यको प्रकाश र वनस्पतिबाट उत्सर्जन भएका वाष्पशील जैविक यौगिकहरूसँग मिसिएपछि जमिन–स्तरको ओजोन बन्दछ ।

ओजोनले जङ्गली फूलको प्रचुरता र बाली उत्पादनमा नकारात्मक असर पार्ने सम्भावना रहेको अध्ययनको निष्कर्ष छ । आजोनले बोटविरुवाको वृद्धिलाई नोक्सान पुर्‍याउने हुदाँ खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पारेको हुन्छ । वायु प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता र जलवायुमा हानिकारक प्रभाव पारेको थियो । तर अब वायु प्रदूषणले मौरी र अन्य परागकण कीराहरूलाई उनीहरूको मुख्य काम गर्नबाट रोक्ने गरेको पाइएको छ ।

त्यसैले वायु प्रदूषणमा कमि ल्याएर भविष्यका लागि खाद्य उत्पादन र जैविक विविधताको रक्षामा मद्दत गर्न चेतावनीका रूपमा काम गर्नुपर्ने अनुसन्धानमा संलग्न प्रोफेसर क्रिस्चियन प्रफ्राङले बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com