Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

मनसुन अनुकूल रहँदा धान रोपाइँ बढ्यो, उत्पादन बढ्ने अपेक्षा

काठमाण्डौ – यसवर्ष मनसुन अनुकूल रहँदा अघिल्लो वर्षको तुलनामा धान रोपाइँ बढेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयकाअनुसार अहिलेसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ । जबकि गएको वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयकाअनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । देशभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा र कम रोपाइँ मधेस प्रदेशमा भएको छ । पूर्वक्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको देखिन्छ । सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ ।

यस वर्ष कोशी प्रदेशमा ९० दशमलव ७ प्रतिशत,  मधेस प्रदेशमा गत वर्ष ५८ दशमलव ८ प्रतिशत, बाग्मती प्रदेशमा ९० दशमलव ८ प्रतिशत, गण्डकी प्रदेशमा ९१ दशमलव ९ प्रतिशत, लुम्बिनी प्रदेशमा ९१ दशमलव ३ प्रतिशत, कर्णाली प्रदेशमा ९६ दशमलव ६ प्रतिशत रर सुदूरपश्चिममा प्रदेशमा ९९ दशमलव ३ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयकाअनुसार देशभर झण्डै ५९ प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गर्छ । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा हुने गरेको छ । यसले गर्दा धेरै किसानले आकाशबाट कहिले पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था रहेको छ ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष राम्रो वर्षा हुँदा गएको वर्षको तुलनामा धान रोपाइँ राम्रो भएको जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्ष शतप्रतिशत नै रोपाइँ हुने अपेक्षा गरिएको छ । समयमा नै रोपाइँ हुँदा यस वर्ष धान उत्पादनमा पनि मन्त्रालयले जनाएको छ । राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा.मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सकिएमा धानको उत्पादन बढ्ने बताउनुभयो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आर्थिक वर्षभन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको  थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ६ प्रतिशतले बढी हो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com