Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

पहिरो प्रभावित भारतको केरलामा स्थगित भएको उद्धार कार्य बिहानै शुरु हुने

भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य गएराति रोकिएको छ । पानी पर्न रोकिए पनि अझै पहिरोको जोखिम रहेकाले राति उद्धारको काम रोकिएको हो ।

अहिले बिहान ७ बजेदेखि फेरि काम शुरु गर्ने पहिरो प्रभावित क्षेत्र  वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ ।

वायनाडमा हिजो बिहान पहिरो खस्दा अहिलेसम्म सय जनाको ज्यान गएको छ भने सय जनाभन्दा धेरै घाइते भएका छन् । धेरै घरहरू बगाउँदा झण्डै ८ सय जना फसेकामा ७ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

ठूलो पानी परेपछि खसेको पहिरोको घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । केरला सरकारले आज र भोलि दुई दिने शोकको घोषणा गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com