Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

२६० परिवारलाई पानी खुवाउन ४ करोड खर्चेर आयोजना निर्माण गरिँदै

तिला गाउँपालिका–१ रारागाउँमा चार करोड रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ। गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ।

गाउँपालिकाको प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्ने सम्झौता भएको छ।पहिलो चरणमा आयोजनाका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ। आयोजनाका लागि संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत एक करोड ५० लाख प्राप्त भएको थियो।

आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले एक करोड १० लाख व्यहोर्नेछ।गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका २६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ।

यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ। पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो। यो पुल ३० मिटर लामो छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com