Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

लेबनानमा रहेका आफ्ना नागरिकलाई सचेत हुन भारतीय दूतावासको आग्रह

काठमाण्डौ – लेबनानमा रहेको भारतीय दूतावासले त्यहाँ रहेका भारतीय नागरिकलाई सचेत रहन आग्रह गरेको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमाण्डर र इरानको तेहरानमा हमासका शीर्ष नेताको हत्या गरेको खबर आएसँगै भारतीय दूतावासले आफ्ना नागरिकलाई सावधानी अपनाएर सुरक्षित तवरले बस्न सचेत गराएको हो ।

मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अनुमान गरिएकोले लेबनानको भारतीय दूतावासले बढ्दो तनावलाई ध्यानमा राख्दै आवश्यक बाहेक लेबनान यात्रा नगर्न पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ ।लेबनानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, अनावश्यक आवतजावत नगर्न र भारतीय दूतावाससँग सम्पर्कमा रहन सल्लाह दिइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com