Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

विद्रोही समूह हमासले यह्या सिनवरलाई नेता बनायो

प्यालेस्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता बनाएको छ ।  कतारको दोहामा दुई दिन चलेको हमासको बैठकपछि नयाँ नेता छनोट गरिएको बीबीसीले जनाएको छ ।

यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि सङ्गठनले नयाँ नेता चयन गरेको हो । ६१ वर्षीय सिनवर हमासको बैठकमा एक मतले नेता चयन भएका खबरमा उल्लेख छ । सिनवरलाई इजरायलसँगको द्वन्द र सङ्गठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

उनी सन् २०१७ देखि इजरायलको गाजा क्षेत्रका लागि हमासको नेता चयन भएका थिए । अब उनी यसको राजनीतिक नेता भएका छन् । मध्यपूर्वमा बढ्दो तनावका बीच यो घोषणा आएको हो । इरान र उसका सहयोगीहरूले इस्माइल हानियाको हत्यापछि इजरायलसँग यसको बदला लिने चेतावनी दिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com