Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि

मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

वैज्ञानिकका अनुसार मङ्गल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भएपनि ग्रहमा ठूलो परिमाणमा तरल पानी भेटिएको भने यो पहिलो पटक हो ।

नासाको अन्तरिक्षयान मार्स इनसाइट ल्याण्डरले सन् २०१८ देखि २०२२ सम्म मङ्गल ग्रहको भित्री भाग अध्ययन गरेर सङ्कलन गरेको तथ्याङ्क अनुसार त्यहाँँ पानीको भण्डार भएको पुष्टि भएको वैज्ञानिकले बताएका छन् । ल्याण्डरले सिस्मोमिटर प्रयोग गरेर अनुसन्धान गरेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com