Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

२८ जेठयता विपतमा परेर १७३ को मृत्यु


वर्षाको कारण गत २८ जेठयता देशका विभिन्न स्थानमा बाढीपहिरोलगायतका विपदमा परेर एक सय ७३ जनाले ज्यान गुमाएका छन्। 

बाढीपहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा तीनजना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा सातजना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठजना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय ७३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २३ जना घाइते भएका छन्। 

यसैगरी, बाढीपहिराका कारण काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँचजना गरी एक सय १३ जनाको उद्धार गरिएको छ। 

कार्कीका अनुसार बाढीपहिरामा परी कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुईजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ४८ जना बेपत्ता भएका छन्। 

बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन्। दुई सय ७५ वटा घर, एक सय चारवटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीपहिराबाट आठ सय १२ वटा पशुचौपाया मरेका छन्। उक्त अवधिमा विपतका घटनाबाट चार हजार तीन सय २२ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए। (रासस)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com