Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

काठमाण्डौ र पेरिसबाट खटिएको टोलीबाट पोर्चुगलमा राहदानी शिविर

लिस्बन  – सरकारले पोर्चुगलमा सञ्चालन गरेको घुम्ती राहदानी शिविर सम्पन्न भएको छ । गएको अगस्ट २ तारिख अर्थात् साउन १८ गतेदेखि हिजोसम्म राजधानी लिस्बनमा भएको शिविरमा परराष्ट्र मन्त्रालय काठमाण्डौ र फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासबाट गएको टोलीले राहदानी नवीकरण शिविर सञ्चालन गरेको हो ।

पोर्चुगलमा अहिले ५० हजार जनाभन्दा धेरै नेपालीको बसोबास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शिविरमा नाबालक एक सय २१, नवीकरण तीन हजार तीन सय ८० र हराएका तीन सय २८ गरी तीन हजार ८ सय २९ वटा राहदानी नवीकरण भएको छ ।

त्यसबापत ४ लाख ९१ हजार ५ सय ८० यूरो अर्थात् ७ करोड २० लाख ११ हजार रुपैयाँभन्दा धेरैको राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com