Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

प्रधानमन्त्रीका नाममा नभइ नागरिकका नाममा कार्यक्रम राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदका नाममा नभई नागरिकका नाममा कार्यक्रम राख्न निर्देशन दिनुभएको छ । हिजो मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्री जस्ता ठूला पदको सट्टा नागरिकका नाममा कार्यक्रम बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले कीर्तिपुरको त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन दिनुभयो । पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र  कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन पनि निर्देशन दिनुभएको छ ।

देश र नागरिकका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न प्रधानमन्त्रीको निर्देशन छ । बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने प्रधानमन्त्रीको भनाइ छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com