Yeti Khabar

२०८१ कार्तिक २, शुक्रबार - Fri Oct, 2024 -

कैलालीको भजनीमा बाढीका कारण जनजीवन प्रभावित

कैलाली – निरन्तरको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका धेरै क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित  भएका छन् । हिजोदेखिको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।

पूर्णरूपमा डुबानमा परेकाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको स्थानीयवासी खेमराज पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ८ धेरै प्रभावित भएको छ । यो वडाका स्थानीयवासीलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ । यस वडाको लालभोझी क्षेत्रमा सयौं परिवार विस्थापित भएका नगरप्रमुख केवल चौधरीले बताउनुभयो । वडा नम्बर ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com