Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

६ भदौ, काठमाडौं । हुम्ला जिल्लामा जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल छन्।

रमेश मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले बताए । मल्ल जिपका मालिक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई हिजो बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com