Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत

काठमाण्डौ – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएकामा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानून बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडित केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै उहाँले सत्य निरूपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरूपण गर्न सहज हुने बताउनुभएको छ ।

गएराति जेनेभामा निकाल्नुभएको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।

शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्‍याउने उदाहरणीय देशका रूपमा नेपाल क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com