Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित आक्रमण थाल्यो

इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थालेको छ । इजरायलमा क्षेप्यास्त्र र रकेट प्रहार गर्दै आएको आरोपसहित सेनाले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण थालेको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले इजरायल तर्फ गोलाबारी गर्न हिजबुल्लाहले गरेको व्यापक तयारीको पहिचान गरेको दाबीसमेत गर्नुभएको बीबीसीले जनाएको छ ।

इजरायल र हिजबुल्लाहबीच आक्रमण र तनाव थप बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । इजरायलले लेबनानी नागरिकलाई पनि इरान समर्थित शिया मुस्लिम समूह हिजबुल्लाह सक्रिय रहेका क्षेत्र तत्काल छोड्न चेतावनी दिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ । गएको जुलाईमा लेबनानको राजधानी बेरुतमा इजरायली हवाई आक्रमणमा शिया समूहका वरिष्ठ सैन्य कमाण्डर मारिएका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com