Yeti Khabar

२०८१ आश्विन ५, शनिबार - Sat Sep, 2024 -

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आउन दुई दिन लाग्ने

जुम्ला  – अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन दुई दिन लाग्ने भएको छ । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र दहीखोलामा पहिरोले सडक पूरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

यो वर्षमा साना ठूला गरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगञ्ज र काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी बीचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com