Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

पोलियो विरुद्धको खोपका लागि गाजामा युद्ध रोक्न इजरायल सहमत

गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने प्रयोजनका लागि इजरायल युद्ध रोक्न सहमत भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरायलले गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन युद्धविराम गर्न र अन्य मानवीय सहायताका लागि सहमत भएको जनाएको हो ।

गाजा पट्टीमा सञ्चालन हुने यस खोप अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्ल्यूएचओका वरिष्ठ अधिकारी रिक पेपरकर्नलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । पर्सि आइतवारदेखि शुरु हुने खोप अभियान ३ दिनसम्म चल्ने छ ।

अभियानले गाजाको मध्य, दक्षिणी र उत्तरी भागलाई समेट्नेछ । युद्धविरामको सम्झौता पनि आइतवार बिहानैदेखि शुरु हुनेछ । गाजामा २५ वर्षमा पोलियोको सङ्क्रमण फेला परेपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

यो खोप अभियान प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ र युनिसेफसँगको सहकार्यमा अनुगमन गर्नेछ । यसमा २ हजार स्वास्थ्यकर्मी सहभागी हुनेछन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com