Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

क्यानडाबाट ७० हजार विदेशी विद्यार्थीलाई आफ्नो देश फर्काइने जोखिम

क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर भर्ना घटाउने निर्णय गरेपछि विभिन्न देशबाट गएका विद्यार्थीहरू फर्काइन सक्ने जोखिम बढेको हो ।

सरकारको निर्णयको विरोधमा क्यानडाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । देशभरका विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, ओन्टारियो, मनिटोबा , ब्रिटिश कोलम्बिया लगायतका प्रान्तमा क्याम्प लगाएर र्‍यालीहरू आयोजना गरिरहेका छन् ।

युवा समर्थन नेटवर्क भनिने एक विद्यार्थी वकालत समूहका प्रतिनिधिहरूले स्नातक तह सकेका धेरै विद्यार्थीहरूले आफ्नो कार्य अनुमतिको म्याद सकिएपछि यस वर्षको अन्त्यमा बहिर्गमनको सामना गर्नुपर्ने बताउँदै आएका क्यानडाका सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ प्रान्तीय नीतिहरूले स्थायी बसोबासको नामाङ्कनमा २५ प्रतिशत कटौती गरेको छ । इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा (आईआरसीसी) का अनुसार यस वर्ष झण्डै ३ लाख ६० हजार विद्यार्थीले अनुमति पाउने अपेक्षा गरिएको छ जुन गएको वर्षको तुलनामा ३५ प्रतिशतले कम हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com