Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

रुस : २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता

मस्को । रुसको पूर्वी क्षेत्रमा पर्ने कामचाट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको छ । यो हेलिकप्टरमा पर्यटक सवार रहेका थिए । यो प्राचीन वाचकाजेट्स ज्वालामुखीबाट उडेको केही समयपछि रडारबाट गायब भएको रुसी सञ्चारमाध्यमले जानकारी दिएका छन्। यो क्षेत्र यसको सुन्दर वन दृश्यहरूका लागी परिचित छ।

रुसी अधिकारीहरूले यस क्षेत्रमा बाक्लो कुहिरो र खराब मौसमले हेलिकप्टरको खोजीमा बाधा पुर्‍याएको बताएका छन् । रुसको सुदूर पूर्वी क्षेत्रमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । यहाँ जनसङ्ख्या कम छ र मौसम पनि खराब रहन्छ। तीन वर्षअघि खराब मौसमका कारण कामचट्कामा हेलिकप्टर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com