Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

हमासले बन्धक बनाएकाहरुको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही समूह हमाससँग सम्झौता गर्न सरकारलाई आग्रह गर्दै जेरुसेलममा रहेको प्रधानमन्त्रीको कार्यालयबाहिर नारा लगाउँदै विरोध गरेका बीबीसीले जनाएको छ ।

यसैबीच, गाजामा बन्धकहरूको रिहाईका लागि  इजरायली सरकारलाई दबाब दिन उनीहरुका परिवार तथा आफन्तले आज राष्ट्रव्यापी हड्तालको आह्वान गरेका छन् । बन्धक तथा बेपत्ता परिवार मञ्चले सबै नागरिकलाई हड्ताल सफल बनाउन सहयोग गर्न अपिल गरेको छ ।

तेल अभिभका मेयर रान हुलदाईले आम हड्तालको समर्थन गर्दै प्रदर्शनमा सहभागी हुने बताउनुभएको छ । हमासले बन्धक बनाएका मध्य ६ जनाको शव हिजो बरामद भएपछि अरु बन्धकको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई जतिसक्दो छिटो रिहाइका लागि पहल गर्न नागरिकहरुले प्रदर्शन शुरु गरेका हुन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com