Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया शुरू हुँदै

चुनावपछि झण्डै दुई महिनादेखि भइरहेको गतिरोध अन्त्य गरेर नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिनुभएको छ । गएको जुलाई ७ तारिखमा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन ।

फ्रान्समा म्याक्रोँनका मध्यमार्गी र अति दक्षिणपन्थी समूहसहितको संसदमा वाम गठबन्धनले सबैभन्दा ठूलो सङ्ख्यामा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । नयाँ प्रधानमन्त्रीको विषयमा वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्री बर्नार्ड काझेनेभ र दक्षिणपन्थी पूर्वमन्त्री जेभियर बट्रान्डले म्याक्रोँनसँग छुट्टाछुट्टै भेटवार्ता गरिसक्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपतिले हिजो पूर्व राष्ट्रपतिहरू निकोलस सारकोजी र समाजवादी फ्रान्कोइस ओलान्दसँग पनि भेट गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । म्याक्रोँनले आउँदो तीन वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न बाँकी छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com