Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

अमेरिका : जर्जियाकाे विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गयो

अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको हो भने ८ विद्यार्थी र एक जना शिक्षक घाइते भएका हुन् । एटलान्टाको ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा अन्धाधुन्द गोली चलेको बीबीसीले जनाएको छ ।

गोली चलाएको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । उनी त्यही विद्यालयका विद्यार्थी रहेका प्रहरीले जनाएको छ । उनलाई वयस्कलाई जस्तै कारबाही गर्ने तयारी गरिएको प्रहरीको भनाइ छ । अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक–पटक हुँदै आएको छ ।

यो वर्ष मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५ औँ घटना भएको खबरमा उल्लेख छ । यसअघि सन् २०२३ मा ८२ वटा विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com