Yeti Khabar

२०८१ आश्विन ५, शनिबार - Sat Sep, 2024 -

पृथ्वीबाट सात सय किलोमिटरमाथि अन्तरिक्षयात्रा सम्पन्न

अर्बपति उद्योगी एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डाअन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट झण्डै सात सय किलोमिटरमाथि स्पेसवाक अर्थात अन्तरिक्षयात्रा गरेका छन् । अन्तरिक्षयात्राको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो ।

निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो अन्तरिक्ष यात्रा भएको बीबीसीले जनाएको छ । यस मिसनमा ४ जना अन्तरिक्ष यात्री अन्तरिक्षमा गएका छन् । यी मध्ये दुई अन्तरिक्ष यात्री, मिसन कमाण्डर जेरेड इसेकम्यान र मिसन विशेषज्ञ साराह गिलिस ५० वर्षभन्दा बढी समयदेखि कुनै पनि अन्तरिक्ष यात्री नपुगेको कक्षमा पुगेका छन् ।

मस्कको कम्पनीको फाल्कन–९ रकेटबाट मिसन प्रक्षेपण गरिएको थियो । यस मिसनको उद्देश्य निजी अन्तरिक्ष यानबाट गरिएको पहिलो अन्तरिक्ष यात्रा प्रक्षेपण रहेको खबरमा उल्लेख छ । यस क्रममा  मानव स्वास्थ्यसम्बन्धी ३६ वटा अनुसन्धान र प्रयोग पनि गरिनेछ । यसबाहेक, स्टारलिङ्कको लेजरमा आधारित सञ्चार पनि अन्तरिक्षमा परीक्षण गरिनेछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com