Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

गलकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

भदौ, २८ काठमाडौं । बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गलकोट नगरपालिका–२ भुङ्खानीमा रा १ ज २०० नम्बर को पिकअप जीप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । जीप मध्यपहाडी लोकमार्गदेखि करिब तीन सय मिटर तल खसेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com