Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु

नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतवार बताएका छन्। पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुङ्गा गुम्मी नजिकैको नदीमा पल्टिएको हो।

डुङ्गामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए। दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए।

स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताए। नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुने गरेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com