Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

असोज, १ काठमाडौं । पश्चिम नवलपरासीमा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको रामग्राम ४ घोडपाली चोकको हुलाकी सडक खण्डमा ना ८ ख ७५४९ नम्बरको ट्रकको ठक्करबाट लु ०१–००२ प २०५४ नम्बरको मोटरसाइकल चालक ३७ वर्षीय प्रेम ढांडीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते ढांडीको पृथ्वीचन्द अस्पताल परासीमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ। ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com