Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

भोटेकोशीमा खसेको गाडी चालकको शव भेटियो

असोज, १ काठमाडौं । भोटेकोशीमा बोलेरो गाडी खसेर बेपत्ता भएका चालकको शव भेटिएको छ। हिजोसाँझ सिन्धुली फिक्कल गाउँपालिका-६ सोखुखोला स्थित सुनकोशी नदीमा चालक ३५ वर्षीय सानु तामाङको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

पोस्टमर्टमका लागि शव धुलिखेल अस्पताल पठाइएको छ, डिएसपी थापाले बताए । शुक्रबार दिउँसो बा २० च २१८५ नम्बरको बोलेरो गाडी बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको थियो।

बोलेरो गाडीमा सवार बाह्रबिसे नगरपालिका ९ की ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङको शव शनिबार भेटिएको थियो। उनको शव सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै फेला परेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com