बेलुकीदेखि मनसुन सक्रिय रहने
असोज, ७ काठमाडौं । आज बेलुकीदेखि मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका एक, दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले बताएको छ । यस्तै भोलि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।