Yeti Khabar

२०८१ कार्तिक १०, शनिबार - Sat Oct, 2024 -

सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ३० नाघ्यो

सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा हैजाका कारण जनवरीदेखि अगस्टको बीचमा एक सय १४ गर्भवतीको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको छ ।

देशमा गृहयुद्ध चरिरहेकाले हैजामुक्त गर्न प्रयास गरे पनि सफल नभएको मन्त्रालयको भनाइ छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण आवश्यक परेकालाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ ।

सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले गएको अगस्टमा हैजाको प्रकोप भएको घोषणा गर्नुभएको थियो । युद्धसँगै ठूलो वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी बढेका खबरमा उल्लेख छ । रोग फैलिन नदिन धेरै ठाउँमा विद्यालय र बजार बन्द छन् । गएको वर्षदेखि अहिलेसम्म यो द्वन्द्वमा डेढ लाख मानिसने ज्यान गुमाएका बीबीसी हिन्दीले जनाएको छ ।

अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ । जसका कारण झन्डै ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । त्यहाँ भोकमरीको त्रास पनि बढेको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com