Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

दुई दिन देखि गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन

असोज, १३ काठमाडौं । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना ४ख २२७० नम्बरको बस सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनीले बताएको छ ।

‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ प्रालिका अध्यक्ष नारायण खत्रीले बताए।’ उनका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए ।

बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको बताएको छ । खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारि दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com