Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

हवाइजहाजको भाडा दोब्बरले वृद्धि

असोज, १३ काठमाडौं । नेपालमा ठूला चाडपर्वको मुखैमा भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । देशका अधिकाश सडकहरु अवरुद्ध भएका छन् ।

धेरै स्थानमा पक्की पुल समेत बगाइ बाढीले ठूलो क्षति भएको छ । उक्त क्षति ग्रस्त पुल पुलेसा बाटो घाटो बनाउन केहि समय लाग्ने जानकारहरु बताउछन् । यही अवस्थाको फाईदा उठाई हवाइ यात्रामा चाप बढेका कारण जहाजको भाडा दोब्बरले महङ्गो भएको छ ।

विगत दुई दिन देखि निरन्तर रुपमा परेको वर्षाका कारण देशभरका सडकहरु अवरुद्ध भएका छन् । यही मौकाको फाइदा उठाउदै हवाइ यातायात सञ्चान गर्ने सञ्चालकहरुले जहाजको टिकट दोब्बरले महगो गरेका छन् । देशमा सङ्कट परेको बेला नागरिकलाई सघाउनुपर्ने बेलामा लुटतन्त्र मचाएका छन् ।

यस्तो बिशम परिस्थितिमा देशलाई सङकट परेको अवस्थामा सबैले हातेमालो गरेर पिडितलाई राहात, घाईतेलाई उपचार र उद्धार गर्न जुट्नु पर्नेमा, मौका हेरि नागरिक लुट्ने काम भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com