Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

सुरुङमार्गबाट सवारी काठमाडौँ पठाउने तयारी

असोज १३ काठमाडौँ । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका मालवाहक तथा यात्रुवाहक सवारी सुरुङबाट काठमाडौँतर्फ पठाइएको छ ।

बाढी, पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा सवारी काठमाडौँ पठाउन थालिएको हो ।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण देशैभरका राजमार्ग अवरुद्ध भएका छन् । नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न क्षेत्रमा पहिरो जाँदा सवारीको चाप निकै बढेकाले उक्त सुरुङ प्रयोग गरिएको मन्त्रालयले जनाएको छ । सवारी पठाइए पनि यो सुरुङ निर्माण कार्य सम्पन्न भएको छैन । काठमाडौं भित्रिने सडक झ्याप्लेखोलाको पहिरोका कारण रोकिएपछि सुरुङ मार्गबाट यात्रुलाई काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई हिजो शनिबार दिनभर र आज पनि सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको हो ।

‘हामीले यताबाट गाडी प्रवेश गर्न दिएका छैनौँ, उनले भने, काठमाडौँतर्फबाट प्रहरीले समन्वय गरेर आएका गाडीमा अलपत्र यात्रुलाई हिजो दिनभर र आज पनि पठाएको हो ।’

उनका अनुसार आज चाहिँ बिहानदेखि नै अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको छ । तर, यात्रुवाहक सवारी भने पठाइएको छैन । लगातारको झरीमा पनि सुरुङमार्ग भने राम्रो रहेकोले अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई काठमाडौं पठाउन सकिएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा धादिङ प्रहरी प्रमुखकै कमाण्डमा टोली खटिएको उनले जानकारी दिए । खोँच क्षेत्र भएको कारण झ्याप्ले खोला, सुरुङ मार्ग आसपास यात्रुको उद्दार तथा बाटो सफाइमा खटिएका प्रहरीहरु कसैको पनि मोबाइल सम्पर्क हुन सकेको छैन ।

आजको पहिरो र गाडीहरू काठमाडौँ प्रवेश गराउन गरिएका कामको नेटवर्क समस्याका कारण यकिन तथ्याङ्क साँझ टोली फर्किएपछि मात्रै दिन सकिने उनले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com