Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट गाडी सञ्चालन, नेपालथोक–खुर्कोट सडकखण्ड खुल्यो

रामेछाप – सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रूपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी यातायात सञ्चालनमा आएको छ । मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन शुरु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन खुलेपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ । यस्तै अवरुद्ध बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड पनि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि त्यो सडकखण्डमा गाडी चल्न थालेका हुन् ।

बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ गाडी र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । नेपालथोक–धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्ने उहाँले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com