Yeti Khabar

२०८१ कार्तिक १०, शनिबार - Sat Oct, 2024 -

प्रधानमन्त्री केपी ओली स्वदेश फर्कंदै

असोज, १४ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । बाढीपहिरोले जनधनको ठूलो क्षति भएको बेला भ्रमण छोट्याएर नआएको भन्दै आलोचना भइरहँदा ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज फर्कन लाग्नुभएको हो ।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुभएको थियो । न्युयोर्क रहँदा प्रधानमन्त्री महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी समेत हुनुभयो ।उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com