Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

काभ्रेमा भीरबाट लडेर एक जनाको मृत्यु

१७ असोज, काठमाडौं । भीरबाट लडेर काभ्रेको एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका(६ माथिल्लो छापका ५७ वर्षीय दुधराज तामाङ रहेका छन् ।

आफन्तको घ्यवामा पुगेर पैदल फर्कने क्रममा उनी भीरबाट लडेका हुन्। हिजो बिहान ११ बजे रक्से खोलाको भुतेडुंग भीरबाट कोशी नदी किनारामा खसेका थिए । तर परिवार र स्थानीयले भने दिउँसो साढे १ बजेको समयमा मात्रै थाहा पाएको उनका आफन्त रमेश तामाङले बताए ।

घटनाबारे नजिकै वडाध्यक्षलाई नजिकै रहेको स्वास्थ्य केन्द्रलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको आफन्तले आरोप लगाएका छन् । छोरा बिकेश लामाले स्वास्थ्यकेन्द्रमै पुगेर राति ११ बजे स्वास्थ्यकर्मीलाई लगेर बुबाको प्राथमिक उपचार गराएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि आज बिहान उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत् सदरमुकाम ल्याउने प्रयास भएपनि मौसमको कारण सम्भव नभएको आफन्तले बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com