Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

आजदेखि कान्ति लोकपथ सञ्चालन

असोज, २२ काठमाण्डौ । बाढी पहिरोले ठप्प रहेको कान्ति लोकपथ सञ्चालनमा आएको छ । बाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माण गरेपछि आजदेखि गाडी सञ्चालनमा आएको हो । १० दिनदेखि बन्द रहेको सडक आज बिहानदेखि खुले पनि दिउँसोदेखि मात्र व्यवस्थित रूपमा गाडी गुड्न थाल्ने कान्ति लोकपथ आयोजनाका इन्जिनियरले बताए ।

नेपाली सेना चार दिनदेखि त्यहाँको पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले कान्ति लोकपथ र बाग्मती पुल क्षतिग्रस्त बनाएको थियो । कान्ति लोकपथ सञ्चालन आएसँगै हेटौँडा र काठमाण्डौलाई जोड्ने सबै सडक सञ्चालनमा आएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com