Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीको चेतावनी

अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ ।

यो आँधी फ्लोरिडातर्फ २ सय ८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको गतिमा पुग्ने भएकाले भोलि बुधवार राति वा पर्सि बिहिवार विहान जमिन भासिने वा पहिरो जाने जोखिम बढेको अमेरिकाको राष्ट्रिय आँधी सूचना केन्द्र यूएस नेशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ ।

यस आँधीले ठूलै विनाश गर्ने भन्दै फ्लोरिडाका स्थानीयवासीलाई सकेसम्म छिटो सुरक्षित ठाउँमा सर्न गभर्नर रोन डेसेन्टिसले आग्रह गर्नुभएको बीबीसीले जनाएको छ  ।

सन् २००५ को क्याट्रिना आँधीपछिको सबैभन्दा घातक मानिएको हेलेन आँधी आएको १० दिनमै फेरी मिल्टन आँधीको चेतावनी आएको हो । हेलेन आँधीका कारण अमेरिकाको दक्षिण–पूर्व मा कम्तिमा २ सय २५ जनाको न्याज गएको छ भने अझै  सय जनाधन्दा धेरै बेपत्ता छन् ।

मेक्सिकोको खाडीमा रहेको समुद्री आँधी मिल्टन आज मङ्गलवार त्यहाँ कमजोर हुने अपेक्षा रहेको तर भोलि वा पर्सि फ्लोरिडाको टम्पा खाडीमा आइपुग्दा सक्रिय भएर बढी क्षति गर्ने खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com