Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

सुडानमा १४ लाख जनाभन्दा धेरैलाई हैजाविरुद्धको खोप लगाउने अभियान शुरू

सुडानमा हैजाविरुद्धको खोप अभियान शुरू भएको छ । सुडानको स्वास्थ्य मन्त्रायले देशको पूर्वी र उत्तरी भागहरूमा १४ लाख जनाभन्दा धेरै मानिसलाई लक्षित गरी हैजाविरुद्धको खोप अभियान शुरू भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हैजाको चलिरहेको प्रकोपको प्रतिक्रियाका लागि हिजो तीन वटा राज्यमा अभियान शुरू गरेको मन्त्रायले जनाएको छ । अभियानले एक वर्ष वा त्योभन्दा माथिका १४ लाख सात हजार पाँच सय ४६ जनालाई खोप लगाउने लक्ष्य राखेको र यो अभियान बिहीवारसम्म चल्ने छ । सुडानको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म हैजाका २५ हजार जनाभन्दा धेरै बिरामी भेटिएका र सात सय दुई जनाको ज्यान गएको बताएको छ ।

युनिसेफले सुडानमा पाँच वर्षमुनिका पाँच लाख बालबालिकासहित ३१ लाख जना मानिस हैजाको जोखिममा रहेका चेतावनी दिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com