Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी खुल्यो

काठमाण्डाै – हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसराेवर गाउँपालिका–२ सिमखोलाको सडकमा ह्युमपाइप राखेर मर्मत भएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराेले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com