Yeti Khabar

२०८१ कार्तिक ६, मंगलवार - Tue Oct, 2024 -

टाउकोमा चोटका कारण ब्राजिलका राष्ट्रपतिद्वारा ब्रिक्स सम्मेलनका लागि रुस भ्रमण रद्द

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गर्नुभएको छ । उहाँ रुसमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने तयारीमा हुनुहुन्थ्यो ।

ब्राजिलका राष्ट्रपति घरमै एक दुर्घटनामा घाइते हुनुभएको बीबीसीले जनाएको छ । उहाँको टाउकोमा पाँच वटा टाँका लगाएर घर पठाइएको खबरमा उल्लेख छ ।

ब्राजिलको राजधानी ब्राजिलियाको एक अस्पतालले राष्ट्रपति सिल्भालाई लामो दूरीको हवाई यात्रा नगर्न सल्लाह दिएको जनाएको छ । अब उहाँले भिडियो कन्फ्रेसिङ्गको माध्यमबाट सम्मेलनमा भाग लिनुहुने छ ।

‘ब्रिक्स’ पाँच विकासशील देशको एक समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश छन् । १६ औं ब्रिक्स सम्मेलन रुसको अध्यक्षतामा भोलिदेखि कजान शहरमा आयोजना हुँदैछ । सम्मेलन आउँदो बिहीवार सकिनेछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com