Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

बस दुर्घटना हुँदा सुर्खेतमा एक जनाको मृत्यु, छ घाइते

कात्तिक, ८ काठमाडौं । सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी आज बिहान बराहताल गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । चिकित्सकले लगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताउनुभयो ।

मृतक शाही हाल वीरेन्द्रनगर नगरपालिका–१, मा बस्दै आएका थिए । गाडी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com