Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

रास्वपा र सहकारीपीडितको प्रदर्शन जारी

दुई स्थानलाई तोकेर निषेधित क्षेत्र घोषणा, सुरक्षा व्यवस्था कडा

पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले लामिछानेको पक्राउको विरोधमा शनिबादेखि पोखरामा आफ्नो प्रदर्शन जारी राखेको छ । उता सहकारीपीडितहरूले आइतबार लामिछानेलाई अदालतमा पेस गर्न लैजाने क्रममा सहकारीपीडितहरूको पैसा फिर्ता पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । त्यसपछि शान्त रहेका सहकारीपीडितहरूले आज प्रदर्शन गरेका हुन् ।

रास्वपाले राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि भन्दै आज वाईचोकमा प्रदर्शन गरेको छ भने सहकारीपीडितहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका छन् । 

लामिछानेको पक्राउको विरोधमा शनिबादेखि पोखरामा रास्वपाकाे जारी प्रर्दशन

दुई स्थानलाई तोकेर निषेधित क्षेत्र घोषणा, सुरक्षा व्यवस्था कडा
यसअघि आइतबार दुई पक्षले प्रदर्शन र नाराबाजी गर्ने तयारी गरेपछि कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले दुई स्थानलाई तोकेर निषेधित क्षेत्र घोषणा गरेका थिए । 

कास्की जिल्ला, पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम उनले निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको थियाे । उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने–गराउने कार्यमा अवरोध गर्ने जोसुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने गरी निषेधाज्ञा लागू गरेका थिए ।

प्रजिअ पाण्डेले सहिदचोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय रहेको पोखरा– ४ गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरेका हुन् । जसअनुसार सहिदचोकको पूर्वतर्फ वाईचोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक, दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालयअगाडि, ड्यामसाइडसम्म गरी चार किलोमिटर क्षेत्रमासँगै गैह्रापाटनतर्फ पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबारदेखि नै बजारका मुख्यमुख्य चोकमा प्रहरी परिचालन गरिएको थियो । आज प्रहरीले निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ । नयाँ पत्रिका

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com