नवलपुरमा च्याउ खाँदा एकै परिवारका ५ जना विरामी
कार्तिक, ११ काठमाडौं । नवलपुरको देवचुली नगरपालिका दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५जना विरामी परेका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ वर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै परिवारका पाँच जना विरामी परेका छन् ।
च्याउ खाएर देवचुली २ निवासी २६ वर्षीय मदन राजबंशी, २८ वर्षीया धनमाया राजबंशी, ९ वर्षीय रिदिमा राजबंशी, ४८ वर्षीय बाबुलाल राजबंशी र ४६ वर्षीया रनमाया राजबंशी विरामी भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।