धनुषामा २२१ किलो गाँजासहित एक जना पक्राउ
कार्तिक, ११ काठमाडौं । धनुषामा २२१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। हिजो साँझ जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
मकवानपुर भिमफेदीमा बस्ने २४ वर्षीय प्रकाश लुंगवालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने गाँजा फेला पारेको हो।