Yeti Khabar

२०८१ मंसिर १९, बुधबार - Wed Dec, 2024 -

इजरायलको आक्रमणबाट इरानका तेल संरचना जोगिएपछि तेलको मूल्य घट्यो

इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।

इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ ।

इजरायलले हप्ताको अन्त्यमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको थियो । तर इरानले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै आक्रमणको प्रभावलाई कम आंकलन गरेको खबरमा उल्लेख छ ।

यसले आउने दिनमा पनि तेलको जोखिम महसुलमा निरन्तर घटाउने अवस्था सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् । उनीहरुका अनुसार तनाव थप कम भएमा तेलको मूल्यमा निरन्तर गिरावट हुने सम्भावना छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com