बालुवाटारमा रास्वपाको प्रदर्शन
कार्तिक, १३ काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न दबाब दिँदै रास्वपाका नेता कार्यकर्ताले आज बालुवाटारमा प्रदर्शन गरेका छन् ।
निषेधित क्षेत्र नजिक भेला भएका नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग गरेका छन् ।
पार्टीको आफ्नै झन्डा भएपनि नेता कार्यकर्ता राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका छन् । उनीहरूले आफूहरू शान्तिपूर्ण प्रदर्शनमा रहेकाले धरपकडको विरोध समेत गरेका छन् । आज प्रदर्शन सुरु हुनासाथ प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको थियो ।