सरकार परिवर्तनको पक्षमा छैनौं : पुष्पकमल दाहाल
कार्तिक, १३ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १००दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।
अध्यक्ष दाहालले सरकारको १०० दिन असफल रहेको उल्लेख गरेका छन् । उनले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गरेका छन् । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए।
अध्यक्ष दाहालले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको धारणा बताए ।