२२ सयले बढ्यो सुनको मूल्य
कार्तिक, १४ काठमाडौं । आज सुनको मूल्य आज तोलामा २२०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। महासङ्घका अनुसार आज कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो। यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ।